
बझाङ- बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका-४ सैन्सुकी ५७ वर्षीया सुनादेवी मल्लको बिहीबार मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
मल्लको मालुबेडे भीरबाट घाँस काट्ने क्रममा लडेर खेचकुटाको खोलामा परी घटनास्थलमै मृत्यु भएको उनको पारिवारिक श्रोतले जनाएको छ । मृतक मल्लका एक छोरा र तीन छोरी छन् ।
















