खाेज्नुहाेस

अछामको मङ्गलसेन नगरपालिकाले अनुदानमा विद्युतिय चुल्हो वितरण गर्दै

Image

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले विद्यूतिय चुल्हो वितरण गर्ने भएको छ । नगरबासीहरुको सहजताका लागि नगरपालिकाले विद्यूतको पहुँच भएका स्थानमा अनुदानमा विद्युतिय चुल्हो वितरण गर्ने भएको हो ।

navjiwan hospital

नगरबासीहरुसँगको लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ ।

attariya hospital

नगरबासीहरुलाई लागत साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही वितरण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिए ।

उनका अनुसार ८ हजार ५०० लागत रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्तिले ४ हजार ५०० मात्र नगरपालिकालाई राजस्व बुझाउनुपर्नेछ ।