इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा राउन्ड रोबिन चरण अन्तर्गत लिग चरणका खेल समाप्त भएका छन् । यससँगै क्वालिफाईर टोलीको टुंगो लागेको छ ।
आइतबार साँझ भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्सलाई पराजित गर्यो । गए राति नै हुनुपर्ने राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्ध भयो ।


यससँगै अंकतालिकामा कोलकाता शीर्ष स्थानमा रहेको छ भने हैदरावाद दोस्रो स्थानमा छ । त्यस्तै राजस्थान रोयल्स तेस्रो तथा रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा छ ।
अब कोलकाताले हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ भने राजस्थानलाई बैंगलुरुले चुनौती दिनेछ । कोलकाता र हैदरावादबीच हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै राजस्थान र बैंगलुरुबीचको विजेताले हैदरावाद र कोलकाताबीचको पराजितसँग खेल्नेछ । उक्त खेलमा विजयी हुनेले फाइनलमा स्थान बनाउनेछ ।

















