अत्तरिया- अछाममा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा दुई सञ्चारकर्मी घाइते भएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-४ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८१ नम्बरको ट्याक्टरले से ६ प ८९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ढकारी गाउँपालिका–१ का रेडियो रामारोशनका कार्यकारी प्रमुख ४० वर्षीय कृष्ण बुढा र सोही रेडियोमा कार्यरत रामारोशन गाउँपालिका-१ बस्ने २२ वर्षीया रेनुका परियार घाइते भएका छन् । उनीहरु बयलपाटा अस्पतालमा उपचारपछि घर गएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ट्याक्टर चालक तुर्माखाँद गाउँपालिका–८ का १९ वर्षीय रोशन रिमाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।



















