कञ्चनपुरमा सिकलसेलको नि:शुल्क स्वास्थ्य शिविर, ७१ जना लाभान्वित

कञ्चनपुर- कञ्चनपुरमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट ७१ जना लाभान्वित भएका छन् । जिल्लाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा सिकलसेल र थालासेमियाका बिरामीहरूका लागि शुक्रवार र शनिवार शिविर सञ्चालन गरिएको थियो ।

Karma Consultancy
belauri nagarpalika

बेलौरी नगरपालिकाको आयोजना तथा इशान मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा ४६ महिला र २५ पुरुष गरी ७१ जना बिरामीले सेवा लिएको अस्पतालका सूचना अधिकारी मदन भण्डारीले बताए । उनले सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूलाई नि:शुल्क रगत जाँच गरी विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच तथा औषधी वितरण गरिएको बताए ।

citizen security services

शिविरमा सिभिल अस्पताल काठमाडौँमा कार्यरत हेमेटोलोजिष्ट डा. प्रेमराज श्रेष्ठद्वारा बेलौरीका १० ओटै वडाका सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूको रगत परीक्षण तथा चेकजाँच गरिएको बताइएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.