बझाङ – बझाङमा जिप र मोेटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन ।

दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगर तर्फ गईरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एक आसमा ठोक्किदा २ जना घाइते भएका हुन ।

घाइते हुनेमा मोटरसाइकल चालक छबिसपाथिभेरा गाउँपालिका–६ का ३७ वर्षीय लोकश बुुडा र पछाडि सवार सोहि ठाउँकी ३७ वर्षीया इन्द्रा बुढा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइतेको डडेल्धुरा अस्पताल उपचारका लागि पठाएको प्रहरीले जनाएको छ । जिप र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।














