अत्तरिया- अछामको मंगलसेनमा प्रहरी बिट स्थापना गरिएको छ । मंगलसेन नगरपालिका-५ स्थित मंगलसेन बजारमा प्रहरी बिट स्थापना गरिएको हो ।
यात्रु, व्यापारी, यातायत व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गरी मंगलसेन नगरपालिकाको सहयोगमा बिहीवार प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
