बझाङमा चट्याङले घाइते भएकाहरुको परिवारलाई राहत वितरण

बझाङ- बझाङमा चट्याङ लागेर घाइते भएकाहरुको परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाले वडा नम्बर ७ गोरखालीमा चट्याङ लागेर घाइते भएकाहरुको परिवारलाई राहत वितरण गरेको हो ।

maya metro hospital

बुधवार गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया, उपाध्यक्ष विष्णुकुमार थापा र सुरक्षाकर्मी सहितको टोलीले गोरखालीमा स्थलगत अवलोकन गरेर तत्काल बन्दोबस्तीका लागि त्रिपाल, भाँडाकुडा, लुगाकपडा र चामल लगायतका सामाग्री वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष रोकायाले गाउँपालिकाले घाइतेहरुको उपचारमा सहयोग गर्नुका साथै पीडितहरुको आवास समेत निर्माण गरिदिने बताएका छन् ।

attariya hospital

हिजो साँझ गोरखालीमा चट्याङ लागेर ४ जना घाइते भएका थिए । एक भैंसी र घर पनि जलेर नष्ट भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.