खाेज्नुहाेस

अछामको पञ्चदेवलमा अन्तर सम्वाद कार्यक्रम आयोजना

Image

अछाम – रोजगार रणनिति तयार पार्न अछामको पञ्चदेवल नगरपालिकाले आन्तरिक रोजगारीका लागि अन्तर संवाद कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले सरोकारवालाहरुबाट सुझाव संकलन गर्न उक्त कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिकाले आगामी पाँच बर्षको लागि रोजगार रणनिति तयार पारिरहेको जनाएको छ । त्यसकै लागि सुझाव संकलन गर्ने कार्य भैरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख तथा रोजगार सम्वाद मञ्चका संयोजक हर्क बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि सरोकारवालाले नगरपालिकाले राम्रो कार्यको सुरुवात गरेको भन्दै प्राप्त सुझावहरुलाई प्रभावकारी ढंगले कार्यन्वयन गरेर लैजानुपर्ने बताएका छन ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा सहभागीहरुले सरकारले लगानी गरिरहे पनि त्यसको प्रतिफल नआउने समस्या बढेकाले आगामी दिनमा त्यस्ता योजनाहरुको अन्त्य गर्नुपर्ने बताएका छन । त्यतिमात्रै नभई तालिम गोष्ठीका नाममा खर्च हुने धनराशी जोगाउनका लागि औचित्यहिन तालिम गोष्ठिहरु पनि हटाउनुपर्ने सहभागीहरुको सुझाव थियो । त्यस्तै केही गर्न चाहने युवाहरुलाई छनौट गरेर आवश्यक लगानी गर्नुपर्ने, मुख्य रोजगारीको रुपमा रहेको कृषि क्षेत्रलाई प्रविधिसँग जोडेर कृषिलाई आधुनिकतातिर लैजानुपर्ने, स्वदेशमै केही गर्न चाहने युवाहरुलाई सिप सिकाएर उनिहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्ने लगायतका सुझावहरु कार्यक्रमका सहभागीहरुले नगरपालिकालाई दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अम्बिका चलाउने ले कार्यक्रममा महत्वपुर्ण सुझावहरु प्राप्त भएको बताईन । उनले प्राप्त सुझावहरु कार्यान्वयनको पाटोमा लैजानका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन । पालिकालाई कृषिमा आत्म निर्भर बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताउनै उनले त्यसका लागि आवश्यक प्रकृया पनि अघि बढाएको बताईन ।

अन्तर सम्वाद कार्यक्रममा नेपाली काग्रेसका सज्जन बहादुर शाही, नेकपा एमालेका बखत बहादुर कडायत, नेकपा एकिकृत समाजवादीका कमलराज अधिकारी, पंचदेवल क्याम्पसका क्याम्पस प्रमुख बिनिता अधिकारी, जनप्रतिनिधि, विभिन्न व्यवसाय गरिरहेका युवाहरुको सहभागिता रहेको थियो ।