खाेज्नुहाेस

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

Image

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन्।

navjiwan hospital

उनलाई बँदेलले घरको आगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ। उनको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ।

attariya hospital

घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारको लागि सुर्खेत रेफर गरिएको छ।