डडेल्धुरा – डडेल्धुरामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती घाइते भएकी छिन । आलिताल गाउँपालिका–२ मटेलाका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले मंगलबार बन्चरो प्रहार गर्दा उनकी ३८ बर्षिया श्रीमती डम्मरी देवि देउवा गम्भिर घाइते भएकी हुन ।

श्रीमान–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाईते डम्मरीलाई उपचारका लागि धनगढी रेफर गरिएको छ । उनका श्रीमानलाई नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् ।

















