सेतीमा बेपत्ता भएका कार चालकको शव भेटियो

डोटी – सेती नदीमा बेपत्ता भएका कार चालकको शव भेटिएको छ । कैलालीको धनगढी उप–महानगरपालिका–३ का अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव तिन दिन पछि बुधबार फेला परेको हो ।

maya metro hospital

डोटीको शिखर नगरपालिका– ८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ १७ गते (सोमबार) बेपत्ता भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए ।

तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजिकार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं. बैद्यनाथ बाहिनीबाट रबर बोटसहित गोताखोर टोली खटिएको थियो । तीन दिन देखि खोजि गर्दा शव फेला परेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.