धनगढीमा क्यान्सर अस्पतालको टोली, स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया गरिने

धनगढी- धनगढीमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ । आज (शुक्रवार) साँझ ६ बजेदेखि धनगढीको होटेल डिभोटीमा उक्त कार्यक्रम हुने भएको हो ।

maya metro hospital

कार्यक्रममा धनगढीका विभिन्न अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया गरिने जनाइएको छ । सो कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी काठमाण्डौँको आयोजनामा हुन लागेको हो ।

कार्यक्रममा पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दै गएको स्थितिमा यसको निराकरण र सहज उपचार विधिबारे अन्तरक्रिया गरिने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा. सुदिप श्रेष्ठले बताए ।

attariya hospital

धनगढीपछि सो कार्यक्रम नेपालगन्जमा पनि हुनेछ । नेपालमै क्यान्सरको सहज र सरल उपचार हुने जानकारी दिलाउने उद्देश्यले कार्यक्रम हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.