खाेज्नुहाेस

डडेल्धुरामा कार दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु

Image
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरामा कार दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना हुँदा घाइते भएका ६० वर्षीय केशव भट्टराईको मृत्यु भएको हो ।

दुर्घटनामा उनी सँगै रहेका ३२ वर्षीय चेतराज भट्टराई (रोचन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल डडेल्धुराले जनाएको छ । घाइते रोचनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

attariya hospital