
डोटी- डोटीकी एक महिला सेती नदीमा मृत फेला परेकी छन् । जिल्लाको शिखर नगरपालिका–११ स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७१ वर्षीया गौरी रोकाया मृत फेला परेकी हुन् ।
मानसिक अवस्था ठिक नरहेकी उनी बिहीबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

















