खाेज्नुहाेस

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

Image
file photo

अछाम – अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका – ६ को षोडशामा छानामा आगलागी हुँदा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको हो ।

navjiwan hospital

सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोमा परी दुुवै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन ।

attariya hospital

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।