खाेज्नुहाेस

अछाममा ट्याक्टर दुर्घटना हुँदा २ घाइते, चालक सुर्खेत रिफर

Image
file photo

अछाम- अछाममा ट्याक्टर दुर्घटना हुँदा २ घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा चालक बाजुराको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएका हुन् ।

navjiwan hospital

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital

घाइते दुबै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेकोमा ट्याक्टर चालक भारतीलाई सुर्खेत रिफर गरिएको प्रहरीले बताएको छ ।