
अछाम- अछाममा रुखबाट खसेर एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ का १४ वर्षीय पुरन रोकायाको रुखबाट खसेर मृत्यु भएको हो ।
रामारोशन-५ को कार्यालयका अनुसार पुरनको बुधवार रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी खसेका हुन् ।



















