डोटी– डोटीको एक घरमा आगलागी भएको छ। पुर्बी चौकी गाउँपालिका –३ सेरागाउँमा रहेको गगन सिंह खड्काको घरमा सोमवार आगलागी भएको हो।
बिजुलीको तार सट भएर आगलागी हुदाँ अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।