अत्तरिया- डडेल्धुरामा सजाय नभोगी फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका-११ पातल बस्ने ४२ वर्षीय नरबहादुर खडायत पक्राउ परेका हुन् ।

प्रदेश प्रहरीका अनुसार उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना इजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ रुपैयाँ जरिबाना सुनाएको थियो ।

खडायतलाई आइतवार इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको बताइएको छ ।
