डडेल्धुरामा खानेपानीको समस्या

डडेल्धुरा – डडेल्धुरामा खानेपानीको समस्या सुरु भएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या भएको हो । गर्मी मौषम सुरु भएसँगै मुहानमा पानी घटेपछि खानेपानीको हाहाकार भएको बताईएको छ ।

Karma Consultancy

चैत दोस्रो सातादेखी जिल्ला सदरमुकाममा खानेपानीको समस्या देखिएको खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोगराज ऐरले बताए । उनले कम घरधुरीमा खानेपानी पु-याउने गरी सुरु भएको योजना अन्तरगत अहिले जनघनत्व बढी हुँदा समस्या सृजना हुन थालेको बताए ।

citizen security services

खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ ।

attariya hospital

जिल्ला सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न ३० कारोडभन्दा बढी लगानीमा खलंगा खानेपानी उपभोक्ता समितिमार्फत साना शहरी खानेपानी योजना सम्पन्न भएको थियो । तर गर्मी मौसममा भने सधै खानेपानीको अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.