डडेल्धुरा – डडेल्धुरामा बनबाट आगो सल्किदा एक गोठमा आगलागी भएको छ । जिल्लाको परशुराम नगरपालिका–११ का ललित देवकोटा को गोठमा आगलागी भएको हो । स्थानिय सल्लेरी सामुदायिक वनमा लागेको आगो देवकोटाको गोठमा सल्किएको बताइएको छ ।


गोठमा लागेको आगोका कारण एक गाइको बाच्छो मरेको र तीन वटा गाई जलेर घाइते भएको प्रहरिले बताएको छ । प्रहरिका अनुसार देवकोटाका घरमा रहेको लत्ता–कपठा, खाद्यान्न लगाएतका सामान जलेका प्रहरीका छन भने मानवीय क्षति भने भएको छैन।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन। स्थानीय र प्रहरीहरूले आगो नियन्त्रणमा लिएका थिए।
