डोटीमा बञ्चरोले हानेर आफ्ना श्रीमानकी जेठी श्रीमतीको हत्या, कान्छी पक्राउ

अत्तरिया- डोटीमा आफ्ना श्रीमानकी जेठी श्रीमतीको हत्या गरेपछि एक महिला पक्राउ परेकी छिन् । जिल्लाको बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन् ।

maya metro hospital

डोटी प्रहरीका अनुसार दलबहादुर घर्तीमगरकी ४२ वर्षीया पत्नी दुर्गा घर्तीमगर यही चैत १३ गते बिहान टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन् । मृतककी भाइबुहारी डम्मरी थापामगरले चैत १४ गते दलबहादुरकी कान्छी श्रीमती (मृतककी सौता) यमुनाको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यमुनाले आफूले हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनले ढुङ्गा, हँसिया र बञ्चरो टाउकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए । यमुनामाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.