कञ्चनपुरमा १ किलो चरेससहित २ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट १ किलो बढी चरेस सहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका –४ को होटल शिव शक्तिबाट चरेस सहित बझाङ केदारस्यु गाउँपालिका ६ का ३४ बर्षिय गोविन्द धामी र रुकुम सानीभेरी गाउँपालिका ३ का ३४ वर्षीय गोपाल पुन पक्राउ परेका हुन् ।

Karma Consultancy

उनीहरुको साथबाट १ किलो ५४ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवैजनालाई मंगलबार लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.