अत्तरिया- कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह नजिक, धनगढी-९ त्रिवेणीघाट, टीकापुर नगरपालिका-७ खैरिपुर बजार नजिक र भजनी नगरपालिका-३ ठेकीपुलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३४ हजार ६३५ मूल्ययको प्याज, चिनी, मिठाई, मसला, इलायची, प्लास्टिक कुर्सी, किसमिस लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-४ ओपेरा होटेल नजिक, भीमदत्त१७ मझगाउ र दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगरबाट भारतबाट भन्सार छली ल्याएका ६२ हजार ७५० मूल्य बराबरको चिनी, सिलिङ पंखा, रातो रङ, तरकारी, कागती, खुर्सानी लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
















