धनगढी- सुदूरपश्चिममा इलेक्ट्रोनिक प्रतियोगिता हुने भएको छ । प्रदेशमा पहिलो पटक इलेक्ट्रोनिक प्रतियोगिता हुने भएको हो ।

प्रदेशका विद्यार्थीहरुका लागि समयको विकाससँगै टेक्नोलोजीको क्षेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटरयुगमा विद्यार्थीहरुलाई कम्प्युटर ज्ञान सम्बन्धी मनोबल उच्च बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा अहिले एसईई दिइरहेका विद्यार्थीहरु सहभागी हुन पाउने छन् । लुडो, चेस र कार रेस गरी ३ वटा खेल हुने प्रतियोगिताको एक जना विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिने र खेलमा सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निशुल्क बृज कोर्स पढाइनेछ । प्रतियोगितामा सहभागी हुनका लागि चैत ३० गतेसम्म आवेदन फारम भर्न मिल्ने आयोजक संस्था धनगढी ट्रेनिङ्ग सेन्टर प्रालिले जनाएको छ ।


















