
डोटी- सेती नदीमा डुबेर डोटीका एक किशोरको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो १२ः४० बजेतिर दिपायल सिलगढी-३ बासुधारास्थित सेती नदीमा नुहाउँदा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


















