डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जना घाइते

डडेल्धुरा – डडेल्धुरामा बुधबार साँझ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

maya metro hospital

घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.