खाेज्नुहाेस

अछाम ट्याक्टर दुर्घटना : मृतकको सामूहिक अन्त्येष्टि

Image
तस्बिर : दुर्घटनास्थल

अछाम- अछाममा भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका ५ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनाका मृतक ५ जनाको आज बिराघाटमा अन्त्येष्टि गरिएको हो ।

navjiwan hospital

यही चैत १२ गते मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा मेल्लेख–१ ऋषीदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको थियो ।

attariya hospital

मृतक पाँचै जना मजदुर हुन् । उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए । प्रहरीले ट्याक्टर एक्कासी अनियन्त्रित भई दुर्घटना हुन पुगेको बताएको थियो ।

सो दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी घाइते छन् । उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।