कैलाली- कैलालीको गेटा अस्पतालका लागि २६ जना कर्मचारी माग भएको छ । अस्पतालका लागि आज २१ दिने सूचना जारी गर्दै सेवा करारमा उक्त संख्यामा कर्मचारी माग गरिएको हो ।
स्टाफ नर्स/जनरल नर्सिङ १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजी ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना र फिजियोथेरापी सहायक १ जना गरी २६ जना कर्मचारी माग गरिएको छ ।