बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ

एजेन्सी- भारतीय रियालिटी शो बिग बोस १७ का विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् ।

maya metro hospital

मंगलबार राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्ड–अप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।

फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो । अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४०० भारु नगद र ५०० भारु बराबरको ९ थान हुक्का बरामद गरेको थियो । चुरोट र अन्य तम्बाकु उत्पादन ऐनको धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

attariya hospital

मुनव्वर यसअघि पनि २०२१ मा इन्दौरमा एउटा स्ट्यान्ड अप कमेडी इभेन्टको बेलामा भगवान रामबारे असंवेदनशील टिप्पणी गरेपछि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.