खाेज्नुहाेस

अछाम ट्याक्टर दुर्घटना अपडेट : ज्यान गुमाउने पाँच जना एकै वडाका

Image
तस्बिर : दुर्घटनास्थल

अछाम – अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकाे सनाखत भएको छ। ज्यान गुमाउने पाँचै जना एकै वडाका रहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए।

navjiwan hospital

मेल्लेख गाउँपालिका वडा नम्बर ७ सुयडीमा साँफेबगर जाँदै गरेको सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो।

attariya hospital

घटनास्थलमै ज्यान गुमाउने पाँचै जना मजदुर हुन्। मेल्लेख गाउँपालिका–१ ऋषिदहका ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी छन्। उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए।

ट्याक्टरमै सवार तीन जना घाइते समेत छन्। घाइते हुनेमा साेही ठाउँका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी छन्। घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।