सुदूरपश्चिमका १५ पालिकामा क्षयरोगमुक्त अभियान सुरु

धनगढी – कैलालीका तीनसहित सुदूरपश्चिमका १५ वटा पालिकामा क्षयरोगमुक्त अभियान सुरु गरिएको छ । शनिबार विश्व क्षयरोग दिवस २०८० को अवसरमा स्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो ।

Karma Consultancy
belauri nagarpalika

कैलालीको घोडाघोडी, टीकापुर र लम्कीचुहा नगरपालिकाबाट सो अभियान थालनी गरेको स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले जानकारी दिए । यो अभियानमा क्षयरोगीको खोजपडताल, सचेतनामूलक कार्यक्रम, नियमित औषधि सेवन, अन्यत्रबाट आएकाहरुको अनिवार्य खकार जाँचलगायतका गतिपविधि भइरहेको ओझाले जानकारी दिए ।

citizen security services

त्यस्तै, सुदूरपश्चिमका १५ र देशभरीका एक सय २५ पालिकाबाट पनि सो अभियान लागु गरिएको उनले बताए । २०७८/७९ बाट सुरु भएको अभियान ७ सय ५३ स्थानीय तहमा पु¥याउने सरकारले लक्ष्य लिएको उनको भनाइ छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.