खाेज्नुहाेस

माछापुच्छ्रे बैंकद्धारा गोदावरीको शैलेश्वरी माविमा ८ वटा शौचालय निर्माण

Image

अत्तरिया – माछापुच्छ्रे  बैंकले कैलालीको गोदावरी नगरपालिका – ६ बडेहाँमा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा शौचालय निर्माण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ८ वटा शैचालय निर्माण गरेर विहिबार विद्यालय व्यवस्थापन समितिलाई हस्तातरण गरेको हो ।

शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालिका – ६ का वडा अध्यक्ष जग्गु राम चौधरीले माछापुच्छ्रे  बैंकले सरकारी विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात शौचालय निर्माण गरिएको बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले बैंकले विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गरे ।

१ हजार ८ सय भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा बैंकले ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले गरिने जनाइएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।