खाेज्नुहाेस

गोदावरीको राजमार्ग तथा सामुदायिक बन क्षेत्रका संरचनामा डिभिजन बनको डोजर

Image
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ४ गोदावरीमा राजमार्ग क्षेत्र र बन अतिक्रमण गरी बनाईएका संरचनामा डिभिजन बन कार्यालय कैलालीले डोजर चलाएको छ । यसअघि पनि सो क्षेत्रका संरचनाहरुमा डोजर चलाएको डिभिजन बन कार्यालयले शुक्रबार बाँकी रहेका अन्य संरचनाहरुमा डोजर चलाएको हो ।

शुक्रबार गोदावरी को सालिनि बाटिका क्षेत्रमा रहेका संरचना र गोदावरी पुल आसपास रहेका संरचनाहरु भत्काईएको डिभिजन बन कार्यालय कैलालीले जनाएको छ । डिभिजन बन कार्यालय कैलालीका प्रमुख रामबिचारी ठाकुरले पटक पटक सचेत गराउँदा पनि नमानेपछि बन क्षेत्र अतिक्रमीत गरी बनाईएका संरचनामा डोजर चलाईएको बताए ।

attariya hospital