धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–१ मा रहेको एक सप्लायर्स पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन्।

स्थानीय धर्मराज ढुङ्गानाले सञ्चालन गरेको गौरीगंगा ट्रेड एण्ड सप्लायर्समा शुक्रबार राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका विभिन्न सामग्रीमा क्षति पुगेको भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
















