बैतडीमा श्रीमानको कोदालो प्रहारबाट घाइते पार्वतीको मृत्यु, २ जना कोहलपुर रिफर

अत्तरिया- बैतडीमा श्रीमानको कोदालो प्रहारबाट घाइते भएकी ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको छ । उनको दिउँसो साढे तीन बजे डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।

Karma Consultancy

आज बिहान डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले श्रीमतीसहित ३ जनालाई कोदालो प्रहार गरेका थिए । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको मृत्यु भएको र अन्य दुई जनालाई कोहलपुर रिफर गरिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

citizen security services

डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको प्रवक्ता जोशीले बताए । कलौनी र भट्ट धामीको घरमा डेरा गरी बस्दै आएका छन् ।

attariya hospital

घटनाको कारण भने खुलेको छैन । घटनाबारे प्रहरीले किसनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.