एक लाख २७ हजार ८ सय पुग्यो सुनको मूल्य

काठमाडौँ- सुनको मूल्य एकैदिन २ हजार ६ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँ पुगेको बताएको छ । यो अहिलेसम्मकै उच्च हो ।

maya metro hospital

यसअघि फागुन २९ गते सुनको मूल्य तोलामा एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.