नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १० हजार १०० रुपैयाँले घट्दै २ लाख ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी ४ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।


















