डिप्रोक्स लघुवित्त वित्तिय संस्था ठाकुरद्धारले ग-यो विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम

अत्तरिया – डिप्रोक्स लघुवित्त वित्तिय संस्था ठाकुरद्धार बर्दियाले विद्यार्थीहरुसँग वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । ‘Global Money Week, æ Protect Your Money, Secure Your Future’ भन्ने मुल नाराका साथ संस्थाले विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ठाकुरबाबा–ण्ड मडेलामा अवस्थित जगदम्बा मावि का कक्षा ११/१२ मा अध्ययनरत ७१ जना बिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

Karma Consultancy

कार्यक्रममा संस्थाका शाखा प्रबन्धक खेमराज ओझाले बिद्यार्थिहरुलाई बैंक तथा बित्तिय संस्थाको इतिहास, हालको अवस्था, यसका प्रकार, उद्देश्य तथा महत्वबारे जानकारि दिएका थिए । उनले विद्यार्थीहरुलाई बित्तिय संस्थामा बचत गर्दा हुने फाईदा तथा बचतका प्रकारका बारेमा समेत जानकारी दिएका थिए ।

citizen security services

कार्यक्रममा सहभागिलाई घरायसि बजेट निर्माण गर्ने तरिका तथा यसका फाईदा बारे पनि सिकाईएको थियो । कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक कलम बहादुर शाहि तथा बिद्यालयका लेखापाल बिनोद थापाको उपस्थिति रहेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.