धनगढीका नगरप्रमुख हमाललाई ज्यान मार्ने धम्की

धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई ह्वाट्सएपमार्फत ज्यान मार्ने धम्की दिइएको छ । उनले राना थरका एक व्यक्तिले ह्वाट्सएप कलमा ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासनमा निवेदन दिएका छन् ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगरप्रमुखले पेस गरेको निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताए ।

citizen security services

निवेदनपछि धम्की दिने व्यक्तिसँग फोन सम्पर्क गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताएका छन् । प्रहरीका अनुसार रानाले आफै आज नै प्रहरीमा आउने पनि बताएका छन् । धम्की दिनुको कारण भने खुलेको छैन ।

 

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.