खाेज्नुहाेस

डडेल्धुराको परशुरामका कर्मचारी आन्दोलित

Image

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन । कार्यपालिका बैठकमै हाकिम कुटिएपछि कर्मचारीहरू सेवा ठप्प पारेर आन्दोलित भएका हुन । आइतवार कर्मचारीहले निधारमा कालोपट्टी बाँधी अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका छन ।

गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो ।

attariya hospital
navjiwan hospital

कार्यालयमै जनप्रतिनिधिहरूबाट कुटपिट हुन थालेपछि काम गर्ने वातावरण नभएकाले आन्दोलित भएको परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत शोभा जोशी बताइन् ।

उनीहरुले नगर प्रमुख र उपप्रमुखले तत्काल छलफलमा बोलाएर सहमति गर्नुपर्ने माग गरेका छन ।

कार्यपालिका बैठकमा उपमेयर विमलाकुमारी बोहरा, वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीले प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेका थिए ।