पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले शुक्रबार बसेको बैठकले आजै मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।

maya metro hospital

भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.