कैलालीमा १० हजार कुकुर बिरालोलाई रेबिजविरुद्ध खोप

कैलाली- कैलालीमा १० हजार कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको छ । जिल्लामा रेबिज रोग रोकथामका लागि बृहत् खोप अभियान थालिएको थियो । सोही अभियान अन्तर्गत १० हजारको सङ्ख्यामा घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको हो ।

maya metro hospital

त्यस्तै, ७ सय बढी भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको बताइएको छ । रेबिज रोगको जोखिम बढेपछि उक्त अभियान चलाइएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.