बैतडीमा ८९ हजार बाख्रालाई पिपिआरविरुद्ध खोप

बैतडी- बैतडीमा ८९ हजार बढी बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख श्यामसिंह खड्काका अनुसार ८९ हजार १ सय बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको हो ।

maya metro hospital

माघ र फागुन गरी दुई महिना जिल्लाका १० ओटै स्थानीय तहमा अभियान सञ्चालन गरेर खोप लगाइएको हो । पिपिआर रोग लागेमा त्यसको औषधि नहुने, रोगबाट बाख्रा मर्ने सम्भावना ८० प्रतिशत रहने र रोग लाग्नबाट बचाउन खोपमात्रै उपाय भएकाले बाख्राहरुलाई उक्त खोप लगाइएको खड्काले बताए ।

बैतडीमा किसानहरुले पालेका बाख्राको संख्या १ लाख ३२ हजार रहेको छ । त्यसमध्ये ८९ हजार १ सय बाख्रालाई मात्र खोप लगाइएको छ । उपलब्ध खोपको मात्रा अनुसार बाख्राहरुलाई खोप लगाइएको बताइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.