काठमाडौँ- हालसम्मकै उच्च भएको सुनको मूल्य आज पनि स्थिर छ । मंगलबार पनि प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
