खाेज्नुहाेस

बैतडीमा शिवरात्रीका दिन कृषि मेला लाग्ने

Image

बैतडी- बैतडीमा शिवरात्रीका दिन कृषि मेला लाग्ने लाग्ने भएको छ । महाशिवरात्रीको अवसरमा यही फागुन २५ गते स्वर्गेनी पिपल धाममा कृषि प्रदर्शनी मेला लाग्ने भएको हो ।

navjiwan hospital

पाटन भ्याली क्रिकेट क्लवको पहल तथा पाटन नगरपालिका-६ को सहयोगमा कृषि प्रदर्शनी मेला लाग्ने क्लवका सचिव सन्तोश जोशीले बताए । मेलामा वडाभित्रका कृषकहरुले आफूले उत्पदान गरेका कृषि उपजको प्रदर्शनी गर्न पाउने बताइएको छ ।

attariya hospital

कृषि शाखा पाटनका प्राविधिकहरुबाट कृषि प्रदर्शनीमा ल्याइएका वस्तुको मूल्याङ्कन गरिने बताइएको छ। मेलामा सहभागी किसानहरुलाई उचित पुरस्कार तथा प्रोत्साहनको व्यवस्था पनि रहेको जनाइएको छ ।