डडेल्धुरामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा माछा मार्ने क्रममा डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोटका २८ वर्षीय राजु विकको मृत्यु भएको हो ।

maya metro hospital

उनी ट्याक्टर चालक हुन् । ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए ।

सहचालकले खबर गरेपछि प्रहरीले घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर जोगबुढा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.