अत्तरिया – कैलालीको सुखडमा व्यवसायीक बंगुर पालन तालिम आयोजना गरिएको छ । गणपति लघुवित्त वित्तीय संस्था सुखड शाखाको आयोजनामा शनिबार तालिम दिइएको हो ।

तालिममा ३० जना किसानको सहभागिता रहेको शाखा प्रबन्धक दिनेश चौधरीले बताएका छन ।

तालिममा घोडाघोडी नगरपालिका पशु शाखामा कार्यरत मनोज बहादुर आचार्यले प्रशिक्षण दिएको सहजकर्ता भोज राज ओझाले बताएका छन ।
















