बैतडीमा भेटघाटका लागि ससुराली गएका देवको मृत्यु

बैतडी- बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार भेटघाटका लागि ससुराली गएका सिगास गाउँपालिका–३ का ५० वर्षीय देव लुहारको ससुरालीमै मृत्यु भएको हो ।

maya metro hospital

सिगास-९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर आएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ । उनी फागुन ९ गते गन्सुर आएका बुझिएको छ ।

citizen security services

घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.